३० कार्तिक २०८३, सोमबार

पुनको स्वास्थ्य अवस्था बुझ्न उपप्रधानमन्त्री पौडेल सुमेरु अस्पतालमा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सुमेरु अस्पतालमा उपचाररत नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

सुमेरु अस्पतालमा उपचाररत पुनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका उपप्रधानमन्त्री पौडेलले पुनको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

यसअघि उपचाररत पुनलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि भेटेर स्वास्थ्य लाभको कामना गरेका थिए ।

माघी पर्वका लागि गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत शनिबार हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।

उनी लामो समयसम्म चीनमा उपचार गराएर फर्किएका थिए । जन्डिस रोगबाट पीडित पुनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् ।