
काठमाडौं, ४ माघ । भोलि बिहीबार हुने सभामुखको निर्वाचनबारे निर्णय गर्न आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।
उम्मेदवारी र उम्मेदवारको विषयमा टुंगो लगाउन आज बिहान ९ बजे बैठक बस्न लागेको एक कांग्रेस नेताले जानकारी दिए ।
बैठक पार्टी सभापति शेरबहादुर देउवा निवासमा हुने बताइएको छ । बैठकले सभामुखका लागि उम्मेदवारी दिने कि नदिनेबारे निर्णय गर्ने बताइको छ ।
आज संघीय संसदको सभामुखका लागि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार दर्ता गरिएका उम्मेदवारको नाम आजै ४ः१५ बजे प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
सभामुखको निर्वाचन भोलि ५ माघ ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा हुनेछ ।












प्रतिक्रिया