
काठमाडौं, ३ माघ । विद्युतीय कारोबारलाई प्रवद्र्घन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरि हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ ।
यस छुट अफरअन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम रू. १५० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बीग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।
अफरअन्तर्गत बीग मार्टको सम्पूर्ण शाखामा एनआईसी एशिया मो–बैंक, ग्लोबल स्मार्ट प्लस, आईएमई–पे, खल्ती, नमस्ते–पे, प्रभु–पे, सजिलो–पे, मोरु, आइ क्यास, क्यु–पे तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ ।















प्रतिक्रिया