
काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सन्दर्भमा सत्ता साझेदार दलहरूबीच भएको सहमति तलमाथि नहुने स्पष्ट पारेकाछन् ।
बालुवाटारमा मंगलबार बसेको विश्वासको मत दिने दलहरुको बैठकमा प्रचण्डले सरकारको विषयमा भएका सहमति यथावत राखेर संवैधानिक पदहरुको निर्वाचनमा भने सहमतिका साथ अगाडि बढ्न प्रस्ताव पनि गरेका छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख लगायतमा सहमतिका साथ अघि बढ्न प्रस्ताव गरेका हुन् ।
संवैधानिक पदहरूमा सहमति जुट्ने परिस्थितिमा आफूले त्यसको सहजीकरण गर्ने प्रचण्डको भनाइ थियो ।
बैठकमा प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिएकोमा सबै दलहरूलाई धन्यवाद दिए । विश्वासको मतलाई सम्मान गर्नु र सबैलाई मिलाएर अघि बढ्नु आफ्नो जिम्मेवारी भएकाले प्रतिपक्षले पनि सरकारलाई विश्वासको मत दिने परिस्थिति मौलिक भएको र त्यसले राष्ट्रिय सहमतिको सन्देश दिएको प्रचण्डको भनाइ छ ।















प्रतिक्रिया