
कर्णाली, ३ माघ । कर्णाली प्रदेशमा उपसभामुखको निर्वाचन भोलि बुधबार दिउँसो १ बजे हुने भएको छ ।
कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आज बसेको चौथो बैठकमार्फत प्रदेशसभाकी नवनिर्वाचित सभामुख नन्दा गुरुङले उपसभामुखको निर्वाचन भोलि हुने जानकारी दिइन् ।
उनले कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ९ बमोजिम उपसभामुखको निर्वाचनको मिति र समय तोक्न प्रदेशसभा सचिव जीवराज बुढाथोकीलाई निर्देशन दिएकी छिन् ।















प्रतिक्रिया