
हेटौडा, ३ माघ । संघीय सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर आलोचित बनिरहेको नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई पनि विश्वासको मत दिएको छ ।
मआज मंगलबार भएको मतदानमा मुख्यमन्त्री जम्कट्टेललाई प्रदेश सभामा रहेका ११० जना सांसदमध्ये कांग्रेससहित १०५ जना सांसदले विश्वासको मत दिएका हुन् ।
प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल रहेको कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको हो । बागमती प्रदेश सभामा नेपाली कांग्रेसको ३७ सीट छ ।
जम्कट्टेलले कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १२, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई सांसद गरी एक सय पाँच जना सांसदको मत पाएका हुन् । उनको विपक्षमा नेमकिपाका तीन जना सांसदले मतदान गरे ।















प्रतिक्रिया