३१ आश्विन २०८३, शनिबार

यी हुन् एमालेबाट मन्त्री बन्नेहरू, कसले कुन मन्त्रालयको जिम्मेवारी पाए ?

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । नेकपा एमालेको पहल र सक्रियतामा बनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमालेबाट आठ जना मन्त्रीले सहभागिता पाएका छन् ।

एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा आठ जना मन्त्रीलाई सरकारमा सहभागी गराएको हो । जस अनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको जिम्मेवारी उपाध्यक्ष पौडेलले पाएका छन् ।

यस्तै, एमालेबाट डा. विमला राई पौडेल परराष्ट्रमन्त्री, हरि उप्रेती रक्षामन्त्री, पदम गिरी स्वास्थ्यमन्त्री, भगवती चौधरी महिला बालबालिका तथा समाजकल्याणमन्त्री, ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास मन्त्री बनेका छन् ।

यसैगरी राजेन्द्र राई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री र दामोदर भण्डारी उद्योग, वाणिजय तथा आपूर्ति मन्त्री बनेका छन् ।