३१ आश्विन २०८३, शनिबार

घाँस काट्न जंगल गएकी महिला बलात्कृत, नमराज पौडेल पक्राउ

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ३ माघ । दाङमा घाँस काट्न गएकी एक महिला जंगलमै बलात्कृत भएकी छिन् ।

३३ वर्षीया ती महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–२ बस्ने ३७ वर्षीय नमराज पौडेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लमही नगरपालिका–६ स्थित बेलदमारको जंगलमा घाँस काट्न गएको अवस्थामा ती महिलालाई पौडेलले गत पुस १८ गते जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ ।

पीडितको उजुरीको आधारमा अस्थाई प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।