
काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् ।
सोमबार साँझ बसेको सत्ता साझेदार दलहरूको बैठकमा मन्त्रालय भागवण्डामा सहमति भएसँगै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
यसैबीच, नेकपा माओवादी केन्द्रले मन्त्री बन्नेको नाम टुंगो लगाएको स्रोतको दाबी छ ।
पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले मन्त्रीको लागि रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीको नाम अघि सारेको माओवादी निकट स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार रेखालाई सूचना तथा सञ्चार, सुदनलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन र अमनलाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने तयारी रहेको छ ।












प्रतिक्रिया