
काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
सोमबार सत्ता गठबन्धनमा सहमति जुटेसँगै प्रधानमन्त्री प्रचण्डले आज दिउँसो १ बजे मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।
नयाँ मन्त्रीहरूको शपथ पनि आजै हुने बताइएको छ ।
सोमबार भएको सहमति अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले उपप्रधानमन्त्रीसहित ८ वटा मन्त्रालयको जिम्मेवारी र दुई जना राज्यमन्त्री पाउने छ भने माओवादीले ४ वटा मन्त्रालयले र एक राज्यमन्त्री पाउने छ ।
यसैगरी राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधानसहित ती/रतीन वटा मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ ।












प्रतिक्रिया