
तुलसीपुर (दाङ), २ माघ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा अप्टिमिष्ट क्लब अफ तुलसीपुरले सचेतना फैलाएको छ ।
क्लबले सोमबार तुलसीपुर ९ दोघरे स्थित सप्तरङ्गी इंग्लिस बोर्डिङ स्कुलमा कार्यक्रम गरी विद्यार्थीहरूलाई सचेतना प्रदान गरेको हो ।
त्यस अवसरमा विद्यार्थीहरूलाई क्लबका अध्यक्ष मानबहादुर बस्नेतले भूकम्पको बारेमा जानकारी दिै सचेतना प्रदान गरेका थिए । भूकम्प जतिबेला पनि जान सक्ने भन्दै यसबाट बच्न पूर्वसतर्कता अपनाउनु पर्ने बताए ।
‘भूकम्प कति बेला जान्छ भन्ने हामीलाई थाहा हुँदैन्, भूकम्पले मान्छेको ज्यान लिने होइन्, हामीले बनाएका संरचनाले मान्छेको ज्यान लिने हो,’ उनले भने, ‘त्यसैले हामीले सचेत हुनुपर्छ ।’
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका–९ का अध्यक्ष घनश्याम ढकाल, तुलसीपुर उपमहानगरपालिकाका वातावरण तथा विपद ब्यस्थापन शाखा प्रमुख टोपबहादुर डाँगी, सप्तरङ्गी स्कुल व्यवस्थापन समितिका अध्यक्ष ललितजंग शाह, समाजसेवी मुक्तप्रसाद न्यौपानेलगायतले भूकम्पबाट विद्यार्थीहरू सचेत हुनुपर्ने र समाजलाई सचेत बनाउनु पर्ने बताए ।
त्यस अवसरमा क्लबका उपाध्यक्ष कमल साप्कोटाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, भने प्रबक्त दीपक बोहराले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव एकराज भण्डारीले गरेका थिए ।















प्रतिक्रिया