
काठमाडौं, २ माघ । यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका चालक दलका चारजना सदस्यको चिरशान्तिको कामना गर्दै क्यविन क्रु एशोसियसन अफ नेपाल एयरलाइन्सले दीप प्रज्ज्वलन गरेको छ ।
आज सोमबार काठमाडौंको न्यूरोडस्थित नेपाल बायुसेवा निगमको प्राङ्गणमा उनीहरुले पाइलट, को–पाइलटलगायत क्रु मेम्बरको मृत्युप्रति दुःख व्यक्त गर्दै दीप प्रज्ज्वलन गरेका हुन् ।
साथै उनीहरुले उक्त दुर्घटनामा ज्यान गुमाउने सबैप्रति चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
आइतबार काठमाडौंबाट पोखरा उडेको विमान अवतरण गर्नु केही समयअघि पोखराको सेती खोँचमा खसेको थियो । दुर्घटनामा पाइलट कमल केसी र को–पाइलट अञ्जु खतिवडा, एयरहोस्टेज ओसिन आलेमगर र सृजना हुङचुङ मगरलगायत अन्य यात्रुहरूको ज्यान गएको थियो ।















प्रतिक्रिया