
काठमाडौं, २ माघ । सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ ।
आइतबार कास्कीको पोखरामा भएको विमान दुर्घटनाका कारण संघीय सरकारले राष्ट्रिय शोक बिदा दिएकाले सभामुख चयनका लागि आज बोलाइएको बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
आज बिहान बसेको सर्वदलीय बैठकले भोलि बिहान १० बजेसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।













प्रतिक्रिया