३० कार्तिक २०८३, सोमबार

परीक्षा तालिका अनुसार स्नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा हुने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालू परीक्षा नरोकिने जनाएको छ ।

पोखरामा भएको हवाई दुर्घटनामा सरकारले आज शोक बिदा दिएपनि त्रिविको परीक्षा नरोकिने जनाएको छ ।

त्रिविको मानविकि तथा समाजशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्यले मानविकि सङ्कायले सञ्चालन गरेको परीक्षा आज नरोकिने बताएका छन् ।

उनले आइतबार सूचना जारी गर्दै माघ २ गते सरकारले पोखरामा भएको हवाई दुर्घटनामा शोक बिदा दिएपनि मानविकि सङ्कायद्धारा प्रकाशित गरिएको परीक्षा तालिका अनुसार नै स्नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा सञ्चालन हुने जानकारी दिएका छन् ।