३१ आश्विन २०८३, शनिबार

हेल्प नेपाल र नेपाल पुलिसले जित्यो एनभीए राष्ट्रिय भलिबल च्याम्पियनशीपको उपाधि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशीपअन्तर्गत पुरुषतर्फको उपाधि हेल्प नेपालले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आइतबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो । हेल्प नेपालले आर्मीलाई २५–२१, २६–२४ र २५–२३ ले हराएर च्याम्पियन बनेको हो ।

उपाधिसँगै हेल्प नेपालले ४ लाख नगद प्राप्त गरेको छ । उपविजेता आर्मीले २ लाखमा चित्त बुझाएको छ । त्यस्तै, महिलातर्फको उपाधि नेपाल पुलिसले जितेको छ ।

आइतबार नै भएको फाइनलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराएर पुलिस च्याम्पियन भएको हो । पहिलो सेट २५–२२ ले गुमाएको पुलिसले दोस्रो सेट २५–१७ ले जितेको थियो ।

डायमण्डले तेस्रो सेट २७–२५ ले जितेकोमा चौथो सेट पुलिसले २५–१९ ले जितेको थियो । निर्णायक तथा पाँचौं सेटमा पुलिसले १५–११ को जित निकाल्न सफल भयो ।

महिलातर्फको फाइनलमा बिजेता बनेको पुलिसले चार लाख नगद पुरस्कार पाएको छ । उपबिजेतामा सिमित डायमण्डले भने २ लाख पाएको छ ।

तेस्रो भएको एपीएफले १ लाख रुपैया हात पारेको छ । च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको थियो ।