
काठमाडौं, १ माघ । डोलेश्वर बहुउद्देशीय सहकारी संस्थाको छैठौँ वार्षिक साधारण सभा सहकारीकै लगानीमा रहेको डीएमपीसी एग्रो फार्म एण्ड अर्ग्यानिक रिसोर्टमा सम्पन्न भएको छ ।
काठमाडौंको कोटेश्वरमा मुख्य कार्यालय रहेको सहकारी संस्थाको छैठौँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष शिवलाल पौडेलको सभापतित्व तथा ललितपुर वडा नम्बर २८ हरिसिद्दिका वडा अध्यक्ष तथा सहकारी विज्ञ विरेन्द्र महर्जनको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।
सभामा अतिथिका रुपमा रेडियो नेपाल प्रवक्ता हरिशरण लामिछाने, नेपाल सरकारका सचिव बिनोन केसी, नेपाल वायु उर्जाकाअध्यक्ष सुधिर कुमार यादव तथा सहकारी अभियन्ता रामहरी धितालको उपस्थिति रहेको थियो । कार्यालय प्रमुख दिपक केसीले कार्यक्रम संचालन गरेका थिए ।

सभामा आर्थिक वर्ष ७८/७९ को सञ्चालक समितिको प्रतिवेदन संस्थाका कोसाध्यक्ष सुजन खड्काले प्रस्तुत गरेका थिए। संस्थाको उक्त आर्थिक वर्षसम्ममा ४,७५,८८,५०० रुपैयाँ शेयरपूँजी तथा ५३,४५,५२,३०० वचत संकलन गरेको जानकारी दिए । त्यसैगरी संस्थाले ४१,३२,१९,८२१ ऋणलगानी रहेको जानकारी दिए ।
उक्त कार्यक्रममा शेयरधनीहरुलाई विभिन्न सम्मान समेत प्रदान गरिएको थियो । साथै साधारण सभामार्फत १५% का दरले शेयरधनीलाई लाभांश दिने जानकारी गराइएको छ ।















प्रतिक्रिया