
काठमाडौं, १ माघ । सरकारले यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव व्यवस्थापन पोखराबाटै गर्ने तयारी गरेको छ ।
गृहमन्त्रालयमा आज आइतबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव व्यवस्थापनलगायत सबै कार्य केन्द्रको समन्वयनमा पोखरामा नै गर्ने विषयमा छलफल गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।
विमान दुर्घटनापछि सुरक्षा निकायले गरेको उद्दार कार्य सन्तोषजनक रहेको भन्दै थप प्रभावकारी बनाइने समितिले जनाएको छ । त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध र विभिन्न निकायसँग समन्वय गर्न पर्यटन मन्त्रालयले कमिटी गठन गरेको पोरखेलले जानकारी दिए ।
उनले मृतकको परिवारको व्यस्थापनलगायत विषयलाई व्यवस्थित र सहजीकरण गर्न पुनः छलफल गर्ने बताए । समितिको बैठक भोलि सोमबार बिहान पुनः बोलाइएको छ ।















प्रतिक्रिया