
काठमाडौं, १ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहले राजाकै हैसियतमा शोक विज्ञप्ति जारी गरेका छन् ।
पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्न जारी गरिएको शोक विज्ञप्तिमा उनले आफूलाई राजाकै हैसियतमा प्रस्तुत गरेका छन् ।
‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट आज पोखराको सेती खाँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिबक्सेको छ । साथै वीमान दुर्घटनमा परी जीवन गुमाउनेहरुका परिवारप्रति समवेदना व्यक्त गरिवक्सेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
पूर्वराजा शाहको तर्फबाट उनको संवाद सचिवालयले विज्ञप्ति जारी गरेको हो । जारी विज्ञप्तिमा पूर्वराजा शाहलाई ‘श्री ५ महाराजधिराज’ भनी सम्बोधन गरिएको छ । जसलाई नेपालको विद्यमान संविधानको प्रतिकुल सम्बोध नबनेर सामाजिक सञ्जालहरूमा चर्चा सुरू भएको छ ।
आलोचकहरूले औपचारिक विज्ञप्तिमा प्रयोग भएको कतिपय शब्दहरू ‘संविधानविपरीत’ रहेको चर्चा गरेका छन् ।
















प्रतिक्रिया