
काठमाडौं। १ माघ । पोखरामा भएको जहाज दुर्घटनाप्रति अमेरिका र चीनले दुःख व्यक्त गरेका छन् ।
काठमाडौंस्थित अमेरिका र चीनका राजदूतावासले सामाजिक सञ्जालमार्फत् दुःख व्यक्त गरेका हुन् ।
अमेरिकी दूतावासले जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेको छ ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले दुर्घटनाको खबरले स्तब्ध भएको उल्लेख गरेका छन् । ‘यस दुःखद घडीमा हाम्रो विचार नेपाली जनताको साथमा छ । मृतकहरूप्रति गहिरो समवेदना,’ उनले ट्विट गरेका छन् ।
पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाले म निकै स्तब्ध छु। यस दु:खद घडीमा हाम्रो विचार नेपाली जनताको साथमा छ । मृतकहरुप्रति गहिरो समवेदना, शोक सन्तप्त परिवारहरुप्रति समवेदना प्रकट गर्न चाहन्छु ।
— Ambassador Chen Song (@PRCAmbNepal) January 15, 2023















प्रतिक्रिया