३१ आश्विन २०८३, शनिबार

यती एयर दुर्घटना : ३० जनाको शव निकालियो, अरु यात्रुको पनि बाँच्ने सम्भावना न्यून

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १ माघ । पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु हुनेहरूमध्ये ३० जनाको शव निकालिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार अहिलेसम्म ३० जनाको शव फेला परेको हो ।

अन्य यात्रु पनि जिवित भेटिने सम्भावना अत्यन्त न्यून रहेको उनको भनाइ छ ।

जहाजमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए।

पोखरा विमानस्थलमा अवतरणका क्रममा जहाज दुर्घटनामा परेको हो ।