
दमक, १ माघ । दमक–६ स्थित नमूना बजारमा रहेका नौ पसलमा आगलागी हुँदा लाखौँ मूल्य बरावरको क्षति भएको छ ।
आज बिहान करिब २ बजेतिर अचानक आगलागी हुँदा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको थियो । मुख्य बजारका ती ठाउँमा जुत्ता तथा कपडाका पसल रहेका थिए ।
आगलागीबाट जुत्ताचप्पल व्यवसायी राज श्रेष्ठको पसलसहित नौ पसलका सम्पूर्ण सामान नष्ट भएको बताइएको छ ।
आगलागी दमकसहित कमल, गौरादह, कानेपोखरीलगायतका बारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको प्रयासमा करिब तीन घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीको कारण खुलेको छैन ।















प्रतिक्रिया