
काठमाडौं, ३० पुस । मुक्तिनाथ विकास बैंकको १६औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
आज शनिबार पोखरामा सम्पन्न सभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष. २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्तिलगायत सामान्य प्रस्तावहरु पारित गरेको छ ।
यस्तै, आर्थिक वर्ष ०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई १४ दशमलव २१०५ प्रतिशत लाभांस प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । १३ दशमलव ०५ प्रतिशत बोनस सेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांस हुने छ ।
साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनउपर सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रष्ट्याएका थिए ।















प्रतिक्रिया