
काठमाडौं, ३० पुस । नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्वका लागि अहिलेको प्रणाली वा राजनीतिक गठबन्धनमा पूर्नविचार गर्नुपर्ने बताएका छन् ।
आज शनिबार काठमाडौंमा पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित ‘सत्ता संघर्ष ३० वर्षमा २८ सरकारको नालीबेली’ पुस्तकको लोकार्पण गर्दै ज्ञवालीले मुलुकमा छिटो–छिटो सरकार परिवर्तन हुने दीर्घरोग भएको र यसको अन्त्यका लागि अहिलेको प्रणाली वा राजनीतिक गठबन्धनमा पूर्नविचार गर्नुपर्ने बताएका हुन् ।
उनले प्रत्यक्ष र समानुपातिकको मिश्रित निर्वाचन प्रणालीको अभ्यास गर्दा भरपर्दो एलायन्स बनाउनुपर्ने उल्लेख गरे । दलीय असफलताका लागि निर्वाचन प्रणालीको कानूनलाई परिवर्तन गर्ने सोच राख्नु उपयुक्त नहुने उनको भनाइ छ ।
ज्ञवालीले निर्वाचनअघि बन्ने एलाइन्स परिणामपछि लगत्तै भत्किने देखिएको र यस्तो अवस्थामा राजनीतिक स्थायित्वको खोजी प्राज्ञिक ढंगले गर्नुपर्ने धारणा व्यक्त गरे ।















प्रतिक्रिया