३१ आश्विन २०८३, शनिबार

निर्मला र नकुन्नीको मृत्यु प्रकरण : प्रक्रिया पुर्‍याएर छानबिन गर्ने गृहमन्त्रीको आश्वासन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० पुस । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीका लागि न्याय माग्दै धर्नामा बसिरहेका महिला अधिकारकर्मीहरुलाई घर फर्किन आग्रह गरेका छन् ।

निर्मला कुर्मी र नकुन्नी धोवीको मृत्यु प्रकरणको छानबिन र दोषीलाई कारबाहीको माग गर्दै शनिबार काठमाडौंको माइतिघरमा धर्ना बसेका अधिकारकर्मीसँग भेट गर्दै लामिछानेले उक्त घटनामा अनुसन्धान जारी रहेकाले आन्दोलनका सम्पूर्ण कार्यक्रम रोक्दै घर फर्किन आग्रह गरेका हुन् ।

मन्त्री लामिछानेले प्रक्रिया पुर्याएर अनुसन्धान गर्ने र घटनाका पीडितलाई न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । आफू मन्त्री भएको तीन दिनमा नै उक्त घट्नाका सम्बन्धमा गम्भीर भएर अनुसन्धानमा खट्न निर्देशन दिएको पनि उनले जानकारी गराएका छन् ।

सो क्रममा अधिकारकर्मी रुवी खानले पटक–पटकको आश्वासनपछि पनि न्याय नपाएकाले काठमाडौं केन्द्रीत आन्दोलन गर्नुपरेको र न्याय नपाएसम्म घर फर्किन नसक्ने बताइन् । उनीहरूले आफूहरू सरकारलाई अनुसन्धानमा सहयोग गर्न तयार रहेको तर दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाड्नुपर्नेमा जोड दिएका छन् ।