
काठमाडौं, ३० पुस । नेकपा एकीकृत समाजवादी पार्टीले नेता घनश्याम भुसाललाई सचिवालय सदस्यमा मनोनित गरेको छ ।
आज बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा मनोनित गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए ।
भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
४ मंसिरमा भएको निर्वाचनमा नेकपा एमालेबाट टिकट नपाएपछि भुसालले पार्टी परित्याग गरेको थिए ।
पार्टी परित्याग गरेर रूपन्देही-१ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका भुसाल एमालेका उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।












प्रतिक्रिया