
हेटौंडा, ३० पुस । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
आउँदो माघ ३ गते माओवादी बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सभामा विश्वासको मत लिनेछन् ।
मुख्यमन्त्रीले शपथ लिएकै दिनमा नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियालाई अर्थ मन्त्रालय र राप्रपाका संसदीय दलका नेता उद्धव थापालाई विना विभागीय मन्त्री बनाएपछि प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छैन् ।
सत्ता गठबन्धनमा मन्त्रालय भागबन्डा गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
प्रदेश सरकारमा एमालेले ५, माओवादीले ४, राप्रपा र समाजवादीले २/२ र हाम्रो नेपाली पार्टीले १ मन्त्रालयको दाबी गरेका छन् ।












प्रतिक्रिया