३० कार्तिक २०८३, सोमबार

सुनकोशीमा र्‍याफ्टिङ गर्ने क्रममा डुङ्गा पल्टिदाँ एकजनाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० पुस । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ चौरहत्तर किलो स्थित सुनकोशीमा र्‍याफ्टिङ गर्ने क्रममा डुङ्गा पल्टिदाँ गम्भीर घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर कटारी बेलस्रोत बस्ने २७ वर्षीय बिरबल राई रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो चालक राईले चलाएको डुङ्गा खोलामा खल्टिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  राई र्‍याफ्टिङ स्टार रिसोर्टमा काम गर्दै आएका थिए ।