
काठमाडौं, २९ पुस । एनआईसी एशिया बैंकको २५औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
काठमाडौंको तिलगंगास्थित होटेल आनन्दमा भएको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ ।
साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन/थप गर्ने प्रस्ताव पारित गरेको छ । सभाले सर्वसाधारण शेयरधनी समूहको तर्पmबाट सञ्चालकमा बसौटी–६, कैलालीका केशवप्रसाद लम्साललाई नियुक्त गर्ने बैंक सञ्चालक समितिको निर्णय अनुमोदन गरेको छ ।
बैंकले मुलुकभर ३५९ वटा शाखा कार्यालय, ४७३ वटा एटीएम, १०५ वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको बताइएको छ ।















प्रतिक्रिया