बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पार्टी प्रवेशको स्वघोषणा गर्दै घनश्यामले भने– कम्युनिस्ट आन्दोलनका लागि नेकपा एस असाधारण ठाउँ हो

दैनिक नेपाल २०७९ पुष २९ गते १६:०४

काठमाडौं, २९ पुस । नेकपा एमाले परित्याग गरेका कम्युनिष्ट नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता भूसालले आफू नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको स्वघोषणा गरेका हुन् ।

उनले आफू नेकपा एस प्रवेश गरेको जानकारी दिँदै पार्टीको सदस्यता नवीकरण गर्न नेकपा एससमक्ष निवेदन दिने बताएका छन् । नेता भूसालले समाजवादको कार्यदिशालाई अघि बढाउनका लागि समाजवादी जस्तो अरु कुनै पार्टी आफूले नदेखेको दाबी गरेका छन् ।

त्यस्तै उनले कम्युनिस्ट आन्दोलनका लागि एकीकृत समाजवादी असाधारण ठाउँ भएकाले यही पार्टी रोजेको जिकिर पनि गरेका छन् । राजनीति र अदालतको गठजोरले कम्युनिष्ट पार्टी विभाजन गरेको र त्यसपछि बनेका अन्य दलहरुले समाजवादको कार्यदिशा अघि बढाउन नसक्ने उनले आरोप लगाए ।

भुसालले आजको समाजवादलाई माओवादको टोपीले समेट्न नसक्ने र एमालेको सिद्धान्त पनि अहिले जबजको व्याज मात्रै खाने माध्यम बनाएको धारणा व्यक्त गरे । उनले नेकपाको खास उत्तराधिकारी नेकपा एकीकृत समाजवादी नै भएको र नवौं महाधिवेशनका बाँकी कामहरु पूरा गर्नुपर्ने आफ्नो मागलाई पुरा गर्ने आश्वासन पनि नेतृत्वबाट पाएको बताए ।

नेता भुसालले नेकपा गठन हुँदाको कार्यदिशा कार्यान्वयन हुन नसक्दा भ्रष्टाचार नियन्त्रणका साथै कृषि क्रान्ति सम्भव हुन नसकेको तर्क गरे ।

प्रतिक्रिया
सम्बन्धित