३० कार्तिक २०८३, सोमबार

टिकट नपाएर एमाले छोडेका घनश्याम भुसाल आज नेकपा एस प्रवेश गर्दै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । आम निर्वाचनमा नेकपा एमालेबाट निकट नपाएपछि एमाले त्यागेका नेता घनश्याम भुसाल आज माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) प्रवेश गर्ने भएका छन् ।

शुक्रबार दिउँसो काठमाडौंमा एक स्वघोषणा कार्यक्रम गर्दै उनी समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।

उनलाई समाजवादीले पार्टीको महासचिवको जिम्मेवारी दिने तयारी गरेको स्रोतले जनाएको छ ।

भुसालले  ४ मंसिरमा भएको निर्वाचनमा रूपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उनलाई तत्तकालिन सत्ता गठबन्धनले समर्थन गरे पनि पराजित बनेका थिए ।