
काठमाडौं, २८ पुस । गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङ्गेले तीन दिनमै आफ्नो प्रतिबद्धता फेरेका छन् ।
तीन खिनअघि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारीलाई समर्थन गरेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) ले अधिकारीलाई विश्वासको मत भने नदिने भएका छन् ।
उनले आज बिहीबार राति फेसबुकमा स्टाटस लेख्दै प्रतिपक्षमा बसेर रचनात्मक भूमिका खेल्ने बताएका छन् । मुख्यमन्त्री अधिकारीले भोलि शुक्रबार संसद्बाट विश्वासको मत लिँदै छन् ।















प्रतिक्रिया