३१ आश्विन २०८३, शनिबार

अन्तर्राष्ट्रिय व्यापार मेला चैतको पहिलो साता काठमाडौंमा हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला चैतको पहिलो साता काठमाडौंमा हुने भएको छ ।

महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोरोनाका कारण दुई वर्ष रोकिएको अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष चैत २ गतेदेखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने जानकारी दिएको हो ।

नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रुपमा मेला आयोजना गर्न लागिएको महासंघका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।

तीनसय भन्दा धेरै स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी हुने महासंघले जनाएको छ ।

मेलामा नेपालसहित भारत, चीन, कोरिया, जापानलगायत देशका कम्पनीहरुको स्टल सहभागिता हुनेछन् भने यस वर्ष पहिलो पटक महासंघका १२३ वटा सदस्य वस्तुगत संघहरुका उत्पादन तथा सेवाको विशेष प्रदर्शनी हुने महासंघका अध्यक्ष गोल्छाले जानकारी दिए ।

अध्यक्ष गोल्छाले विभिन्न कारणले नेपालको अर्थतन्त्रमा देखिएको समस्या समाधान हुने बताएका छन् ।