
चितवन, २८ पुस । पूर्वी चितवनको खैरहनीमा आजदेखि सुरू भएको आठौं खिचरा महोत्सव उद्घाटन गर्न चितवन आइपुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सौराहामा रोकिएका छन् ।
आज बिहीबार दिउँसो महोत्सवको उद्घाटन गरेका लामिछाने साँझ चितवनको सौराहास्थित होटेल भिस्टामा रोकिएका हुन् । उनी आज सोही होटेलमा बस्ने बुझिएको छ ।
गृहमन्त्री होटेलमै बस्ने भएपछि होटेलले थारु सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । स्थानीय थारु समुदायले गृहमन्त्री लामिछानलाई थारु गीत संगीतको मनोञ्जन दिएका छन् । गृहमन्त्री लामिछाने भोलि काठमाडौं फर्किने बताइएको छ ।















प्रतिक्रिया