१ कार्तिक २०८३, आइतबार

२० लाख रुपैयाँ धरौटी तिरेर कारागारमुक्त हुने सन्दीप लामिछानेले के–के गर्न पाउँदैनन् ?

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको छ ।

बिहीबार सन्दीपले दायर गरेको पुनरावेदन निवेदनमाथि सुनुवाइ गर्दै आदालतले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सन्दीपलाई अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म विदेश जान रोक लगाएको छ । त्यसका लागि उनको पासपोर्ट रोक्का गर्न अदालतले आदेश दिएको छ ।

यस्तै, सन्दीपले आफूमाथिको मुद्दामा सामाजिक सञ्जाल, मिडियामा अभिव्यक्ति दिन पनि नपाउने आदेश अदालतले गरेको छ । अदालते उपत्यका बाहिर जानु परेपनि अनुमति लिनुपर्ने अदालतले जनाएको छ ।

सन्दीप भोलि कारागारबाट रिहा हुनेछन् ।