
काठमाडौं, २८ पुस । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्तद्वय राजनारायण पाठक र लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।
नेपाल इन्जिनीयरिङ कलेजको सम्बन्धन विवादमा पाठकले न्यौपानेसँग ७८ लाख मागेको अडियो सार्वजनिक भएको थियो ।
सो मुद्दामा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरु यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले पाठक र न्यौपाने दुबैलाई ३ वर्ष कैद र ३९ लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो ।















प्रतिक्रिया