१ कार्तिक २०८३, आइतबार

सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको छ ।

सन्दीपलाई गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा आदेश दिएपछि आदेशकाविरुद्व सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।

यसअघि दुई पटक पुनरावेदनमाथिको पेशी स्थगित भएकोमा तेस्रो पटकमा बिहीबार सुनुवाइ भएको हो । न्यायाधीशद्दय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।