३१ आश्विन २०८३, शनिबार

अबदेखि पृथ्वीजयन्तीलाई सरकारले उत्सवका रुपमा मनाउँछ : राजेन्द्र लिङ्देन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी दिनमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई सरकारले उत्सवका रुपमा मनाउने बताएका छन् ।

३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल प्राज्ञिक परिषद्ले आज बिहीबार काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा लिङ्देनले पृथ्वीजयन्तीमा विदा दिएर सरकारले नयाँ संस्कार सुरू गरेको भन्दै आगामी दिनमा सरकारले नै उत्सवका रुपमा मनाउने बताएका हुन् ।

पृथ्वीनारायण शाहको दिव्योपदेश पढे मात्रै पनि मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन सकिने उनले बताए । योजनाबद्ध ढंगले नेपालको एकता र सद्भाव खण्डित गर्ने प्रयास स्वरुप नै पृथ्वीजयन्तीका विषयमा अनेक नकारात्मक बहस भइरहेको अध्यक्ष लिङ्देनको भनाइ छ ।

उनले पृथ्वीनारायण शाहले एकीकरण गरेकै कारण विभिन्न समुदायले गौरव गर्ने ठाँउ बनेको समेत बताएका छन् ।