
काठमाडौं, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता भएको छ ।
सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न गठित उच्चस्तरीय संयन्त्रका प्रमुख समेत रहेका अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच आज बिहीबार बालुवाटारमा भेट भएको हो ।
यसअघि मंगलबार संसदबाट असाधारण विश्वासको मत पाएपछि प्रचण्डले हिजो बुधबार साँझ बालकोट पुगेर ओलीसँग भेट गरेका थिए ।
हिजो र आजको दुबै भेट मन्त्रिपरिषद् विस्तार, मन्त्रालय बाँडफाँट र सभामुख–उपसभामुखको निर्वाचनलगायत विषयमा केन्द्रित रहेको बताइएको छ ।















प्रतिक्रिया