३१ आश्विन २०८३, शनिबार

नेकपा एसका अध्यक्ष नेपाल र जापानी संसदको प्रतिनिधिमण्डलबीच भेट

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानी संसदको प्रतिनिधिमण्डलबीच भेटघाट भएको छ ।

जापानी संसदका सदस्य मासाकी जैरा र अध्यक्ष नेपालबीच आलोकनगरस्थित नेकपा एसको पार्टी केन्द्रीय कार्यालयमा भेटघाट भएको हो ।

भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आर्थिक, जलविद्युत् परियोजना, पर्यटन, नारायणहिटी दरबार संग्रहालयलगायत विषयमा जापान सरकारको सहयोगका विषयमा छलफल भएको छ ।

यस्तै, जापानमा क्रियाशील राजनीतिक दल र नेपालका विभिन्न राजनीतिक दलहरुको बीचका अन्तरसम्बन्धका बारेमा पनि छलफल भएको नेकपा एसले जानकारी दिएको छ । भेटघाटका क्रममा आर्थिक लगानीका विषयमा जापानका प्राथकितासम्बन्धी सुझावको आदान प्रदान गरिएको छ ।