३१ आश्विन २०८३, शनिबार

आलोचकहरुमाथि फेरि खनिइन् समिक्षा अधिकारी

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । गायिका समीक्षा अधिकारी पछिल्लो समय आफूलाई गाली गर्ने र अपशब्द बोल्नेहरूप्रति कडा रूपमा प्रस्तुत हुन थालेकी छिन् ।

केही दिनअघि उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आलोचकहरु प्रति खनिएकी थिइन् । यसैबीच समिक्षाले बिहीबार पनि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले आफूलाई जथाभाबी भन्नेलाई मुख र मलद्वारको काम चिन्न अनुरोध गरेकी छन् ।

‘बचनले दिएको घाउको औषधि बचन नै हो । बचनले घर, समाज र संसार बन्छ, बचनले नै युद्ध भड्कन्छ’, उनले भनेकी छन् ‘सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न । अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ । मेरा मित्रहरू ! गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ । मुख र मलद्वारको काम चिन ।’ उनले लेखेकी छिन ।