
काठमाडौं, २८ पुस । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को महाधिवेशन आगामी फागुनमा हुने भएको छ ।
प्रतिनिधि सभा सदस्य एवम् अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालको अध्यक्षतामा हिजो बुधबार काठमाडौंमा बसेको पदाधिकारी बैठकले महाधिवेशनको मिति तोकेको हो ।
महाधिवेशन फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा सम्पन्न गरिने भएको छ । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रले महाधिवेशन गर्न बाँकी रहेका सबै जनसंगठनले चैत मसान्तभित्र गरिसक्नुपर्ने निर्णय गरेपछि अनेरास्ववियुले आफ्नो महाधिवेशन मिति तोकेको हो ।
बैठकले माघ १५ गतेभित्र अधिवेशन सम्पन्न हुन बाँकी सबै तहका अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।















प्रतिक्रिया