३१ आश्विन २०८३, शनिबार

बलिउड अभिनेत्री मलाइका आइपुगिन् काठमाडौं

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ., २८ पुस । बलिउड अभिनेत्री मलाइका अरोरा काठमाडौं आइपुगेकी छिन् ।

नेपाल रत्न तथा आभूषण संघले आयोजना गरेको जेम एण्ड ज्वेलरी एक्स्पोमा भाग लिन मलाइका काठमाडौं आएकी हुन् ।

काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा हुने कार्यक्रममा मलाइकाले नेपाली पोशाक र गरगहनाका लगाएर र्‍याम्प गर्नेछिन् । मलाइकाले आफूलाई नेपाल आउन पाउँदा खुशी लागेको बताएकी छिन् ।

रत्न तथा आभूषण प्रदर्शनीको हिस्सा बन्न पाउँदा खुसी लागेको भन्दै मलाइकाले नेपाली गहना र फेसन लगाउने अवसर पाउँदा निकै हर्षित भएको बताइन् । नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने उद्देश्यले तीन दिने एक्स्पो आयोजना गरिएको हो ।

एक्स्पो पुस २९ देखि माघ १ गतेसम्म हुनेछ।