
काठमाडौं, २८ पुस । क्रिकेटर सन्दीप लामिछानेले दायर गरेको पुनरावेदन निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।
बलात्कार आरोप लागेका लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेपछि त्यसकोविरुद्वमा लामिछानेले पाटन उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।
न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासको पेसी तोकिएको छ । यसअघि दुई पटक पुनरावेदनमाथिको सुनुवाइ स्थगित भइसकेको छ ।















प्रतिक्रिया