
सुर्खेत, २८ पुस । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा माओवादी केन्द्रका शर्माले आज दिउँसो ३ बजे प्रदेश प्रमुखको कार्यलयमा शपथ लिन भएका हुन् ।
शर्मालाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
शर्मालाई माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपाका १, एकीकृत समाजवादी १ सांसदको समर्थन छ ।
एमालेसँग आलोपालो गर्ने सहमति अनुसार शर्मा माओवादीबाट मुख्यमन्त्री बनेका हुन् । पहिलो साढे दुई वर्ष शर्माले सरकारको नेतृत्व गर्नेछन् भने अर्को साढे दुई वर्ष एमालेका यामलाल कँडेलले नेतृत्व गर्नेछन् ।












प्रतिक्रिया