
काठमाडौं, २७ पुस । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले एमालेका सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न निर्देशन दिएको बताएका छन् ।
बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीसंग कुरा गर्दै उनले जानकारी पाएपछि प्रहरी महानिरीक्षकलाई फोन गरेर महतोलाइ पक्राउ गर्न निर्देशन दिएको बताएका हुन् ।
लामिछानेले सांसद महतो संसदमै उपस्थित हुँदा आफुले नदेखेको र पछि सञ्चार माध्यमबाट थाहा पाएपछि पक्राउ गर्न भनिएको उल्लेख गरे ।
सांसद महत्तो मधेस आन्दोलनका क्रममा सशस्त्रका असइ थमन विकको हत्या अभियोगमा फरार सूचीमा रहेका छन् ।















प्रतिक्रिया