
काठमाडौं, २७ पुस । सुदूरपश्चि प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्रसिंह रावल नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख जोशीलेरावललाई संविधानको धारा १६८ को उपधारा(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
रावल एमाले सुदूरपश्चि प्रदेश संसदीय दलका नेतासमेत हुन् । रावललाई २९ सांसदको समर्थन रहेको छ ।
एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपा १ सांसदले उनलाई समर्थन गरेका हुन् ।















प्रतिक्रिया