१ कार्तिक २०८३, आइतबार

कर्णालीको मुख्यमन्त्रीका लागि माओवादीका शर्माले गरे दाबी पेश

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र) का राजकुमार शर्माले दाबी पेश गरेका छन् ।

प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आज साँझ ५ बजेसम्मको समय दिएकामा शर्माले समयावधिभित्र दाबी पेश गरेका हुन् । शर्मालाई २५ सांसदले समर्थन गरेका छन् ।

शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १, एकीकृत समाजवादी १ सांसदले समर्थन गरेका हुन् । एमालेसँग आलोपालो गर्ने सहमति अनुसार पहिलो मुख्यमन्त्रीका लागि शर्माले दाबी पेश गरेका हुन् ।

बुधबार दुई दलबीच आलोपालोको सहमति भएको हो । यसअघि दुई दलबीच सहमति जुट्न नसक्दा मुख्यमन्त्रीमा दाबी पेश गर्न अन्योल भएको थियो ।

माओवादीबाट राजकुमार शर्मा मुख्यमन्त्री बन्दैछन् भने अर्को साढे दुई वर्षपछि एमालेबाट यमलाल कँडेल मुख्यमन्त्री बन्नेछन् ।