१ कार्तिक २०८३, आइतबार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमालेका गिरीले बुधबार बिहान मात्रै मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए ।

गिरीले ७ दलका ५८ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन्। गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन रहेको छ ।

८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसदको समर्थन आवश्यक पर्दछ ।