
काठमाडौं, २७ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका लागि लीला गिरीले दाबी पेश गरेका छन् ।
नेकपा एमालेका गिरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरेका हुन् । गिरीले ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित दावी पेश गरेका हुन् ।
गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन रहेको छ ।
८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसदको समर्थन आवश्यक पर्दछ ।















प्रतिक्रिया