३१ आश्विन २०८३, शनिबार

मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका सरोजकुमार यादव नियुक्त भएका छन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादवले आजै बिहान मात्रै मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए ।

यादवलाई ६३ सांसदको समर्थन रहेको छ । उनलाई नेकपा (एमाले) का २३, जसपाका १६, जनमत पार्टीका १३, नेकपा (माओवादी केन्द्र) का सात, राप्रपाका एक, नागरिक उन्मुक्ति पार्टीका एक, स्वतन्त्र सांसदद्वय सुरिता साह र अनुरुध सिंहले समर्थन जनाएका हुन् ।

मधेश प्रदेश सभामा १०७ जना सांसदहरू छन्। सरकार गठनका लागि कम्तीमा ५४ जना सांसदको समर्थन चाहिन्छ।